समाज/अपराध

तीन लाख घुस सहित पाल्पाका वडाध्यक्ष रुपन्देहीमा रंगेहात पक्राउ

बुटवल, २४ जेठ ।पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं. ७ स्थित बल्ढेङगढीका वडा अध्यक्ष देबेन्द्र पुन तीन लाख घुस रकमसहित पक्राउ परेका छन् ।शनिबार विहान रुपन्देहीको सालझण्डीमा एक ब्यक्तिसंग तीन लाख घुस लिनेक्रममा आख्तियारको टोलीले पुनलाई रंगेहात पक्राउ गरेको हो ।काठको काम गर्ने एक ब्यवसायीसंग काठ लिलामको काममा सहजिकरण गरिदिने भनी घुस लिंदै गरेको अवस्थामा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग बुटवल कार्यालयको टोलीले पुनलाई पक्राउ गरेको हो ।

खोलिन नयाँ रहस्य, भित्री कुरा यस्तो पो रहेछ, यो हेर्दा कस्को मन नरोलार

काठमाडौं । रुकुम जाजरकोटमा केही समय अगाडी निकै नरमाइलो घटना घट्न पुग्यो । भनिन्छ प्रेम सन्सारकै सबैभन्दा राम्रो अनि प्यारो हुन्छ । प्रेमको आँखा हुदैन। घनी गरिब जात धर्म केही हेरिदैन साचो मायामा भन्ने भनाइ उखान मात्र जस्तो भएको छ । बिचरा नवराज बिक एक दलित परिवारमा जन्म लिएअ । यसमा न त उनको पाप थियो न त गल्ती नै,एक युवतिको प्रेममा चुर्लुम्मै डुबेका उनी भबिस्यका मिठा मिठा सपना देख्न

रुकुमको घटनाका दोषीलाई कारबाही गर्न मानव अधिकार समितिको माग

काठमाडौं, १३ जेठ । नेपाल बार एशोसिएसनको मानव अधिकार समितिले रुकुम चौरजहारीमा जाजरकोटाका तीन युवाको ज्यान लिनेगरी भएको घटना मानवताविरुद्धको अपराध भएको जनाएको छ । साथै नेपाल सरकारसँग उक्त घटनामा संलग्न दोषीहरुलाई कारबाही गर्न माग समेत गरेको छ । समितिले ३ जना युवाहरुको ज्यान गइसकेको घटनामा अन्य तीन अझै पनि बेपत्ता रहेको जनाएको छ । समितिले आज प्रेस विज्ञप्ती जारी गर्दै उक्त घटना नेपाल पक्ष राष्ट्र भएका अन्तर्राष्ट्रिय अनुबन्धन, नेपालको

चन्द्रागिरीमा १७ बर्षीया किशोरीलाई ट्रकभित्र सामुहिक बलात्कार गर्ने तीनजना पक्राउ

काठमाडौं, ०५ चैत । प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ तीनथानाबाट सामुहिक करणीको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी बृत थानकोट र महानगरीय प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरी टोलीले सामुहिक करणीको आरोपमा तीनै जनालाई बुधबार नियन्त्रणमा लिएको हो । प्रहरीले दाङको राप्ती गाउँपालिका–१ का बासिन्दा २४ वर्षीय सञ्जय घर्ती मगर, सिन्धुलीको सुनकोशी गाउँपालिका–९ का १९ वर्षीय पासाङ तामाङ र रामेछाप गोकुलगंगा गाउँपालिका–२ का १९ वर्षीय कपिल खड्कालाई नियन्त्रणमा लिएको

नक्कली चिकित्सक पक्राउ

सुर्खेत, ३० फागुन । अर्कैको काउन्सिल दर्ता नम्बर राखेर शुभलक्ष्मी अस्पताल सुर्खेतमा आफ्नो नामको साइनबोर्ड टाँस गरी बिरामीको उपचारमा संलग्न एक नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले उक्त घटनामा संलग्न दीपेन्द्र काफ्लेलाई पक्राउ गरेको हो । नेपाल मेडिकल काउन्सिल बाँसबारीको यही फागुन ५ गतेको पत्र अनुसार छानबिन गर्न र केन्द्रीय अनुसन्धान ब्युरोको यही फागुन ८ गतेको आवश्यक कारवाहीका लागि निर्देशन अनुसार काफ्लेलाई पक्राउ गरिएको प्रहरी

बलात्कार आरोपित सिद्धबाबाद्वारा आत्मसमर्पण, आजै कारागार चलानको तयारी

सुनसरी – आफ्नै भक्तमाथि बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले जिल्ला अदालत सुनसरीमा आत्मसमर्पण गरेका छन् । उच्च अदालतले ९ माघमा पुर्पक्षका लागि गिरीलाई थुनामा पठाउने आदेश दिनुपूर्व नै उनी भारत भागेका थिए । अदालतमा आत्मसमर्पण गरेसँगै उनलाई उच्च अदालत सुनसरीको आदेश अनुसार कारागार चलान गर्ने तयारी भइरहेको सुनसरी प्रहरीले जनाएको छ । यसअघि १६ मंसिरमा जिल्ला अदालत, सुनसरीले उनलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको दिएको

लाठी प्र’हार गर्ने प्रहरीलाई कारबाही हुनुपर्छ, नत्र राष्ट्रपति भवन अघि धर्ना बस्छु : हेमा श्रेष्ठ

बिहीबार दिउँसो महानगरीय प्रहरी प्रभाग भैंसेपाटीका प्रमुख इन्सपेक्टर देवीप्रसाद पौडेलले नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी (जर्नेल) को बचाउमा लागेर बच्चा बोकेकी हिमा श्रेष्ठमाथि ला’ठी बर्साएका छन् । उनलाई ला’ठी हा’नेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । ला’ठि चार्ज पश्चात उनको शरीरमा निलडा’म समेत बसेको छ । पछिल्ला केही समय यता सामाजिक सञ्जालहरुमा भाइरल हिमा श्रेष्ठ भैँसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घरभित्र एक महिला प्रवेश गरेपछि इन्स्पेक्टर

३६ लाख नतिरेपछि मोडल खुस्बु ओलीलाई २ वर्ष कै द

काठमाडौं-मोडल खुस्बु ओलीलाई जिल्ला अदालत काठमाडौंले दुई वर्ष कै दको फैसला सुनाएको छ। लेनदेन विवादमा रकम नतिरेपछि ओलीलाई शुक्रबार अदालतले २ वर्ष कैदको फैसला सुनाएको हो। के थियो घटना? सप्तरीको राजविराज-८ का ४३ वर्षीय गोपाल कटुवाल र मोडल खुस्बु ओलीबीच एकताका राम्रै सम्बन्ध थियो। बेला–बेलामा उनीहरुबीच रकम लेनदेनसमेत हुने गरेको थियो। सोही क्रममा झन्डै २ वर्षअघि ओलीले कटुवाललाई आफूले घरजग्गा किन्न लागेको र त्यसका लागि रकम अपुग भएको भन्दै सापट

सामाजिक सञ्जालमा हंगामा मच्चाउँदै कोरोना बियर

महामारीका रुपमा चीनमा फैलिएको कोरोना भाइरसको संक्रमणले विश्वकै ध्यान तानेको छ । चीनको वुहानबाट शुरु भएको भएको कोरोनाका कारण २२ सय मानिसको मृत्यु भइसक्दा विश्वभरका मुलुकले यसबाट बच्न अनेकौ शतर्कता अपनाइ रहेका छन् । यसरी विश्वभर कोरोना भाइरसको आतंक जारी रहेको बेला सामाजिक सञ्जालका प्रयोगकर्ताहरु बिचमा भने कोरोना नामक एक बियर भाइरल बनेको छ । कोरोनाका कारण विश्व तनाव रहेको बेला इन्टरनेटमा भने कोरोना एक्स्ट्रा नामक बियरकोे खोजी तिब्र बनेको

पशुपति क्षेत्रमा फूलमाला चोरिँदै, फोहर थुप्रिँदै

महाशिवरात्रिमा पशुपति क्षेत्रको सजावटमा राखिएको फूलमाला चोरी हुन थालेको छ । पशुपति क्षेत्र विकास कोषको पहलमा भक्तजनकै सहयोगमा यस वर्ष करिब रु दुई करोड बराबरको फूलमालाले पशुपति क्षेत्र सजावट गरी आकर्षक बनाइएको थियो । देश विदेशबाट आउने भक्तजनका लागि यस वर्ष पशुपति क्षेत्रमा आउने साधुसन्तभन्दा पनि सजावट नै आकर्षण बनेको थियो । त्यो आकर्षण एक दिन पनि बढ्न सकेन । शुक्रबार दिनभर छ हजारभन्दा बढी सुरक्षाकर्मी पशुपति क्षेत्रमा परिचालन गरिएका