समाचार

विषम परिस्थितिमा पनि कोरोना महामारी नियन्त्रणमा सफलता प्राप्त गरेको सरकारको दावी

काठमाडौं, ५ कात्तिक । सरकारले विषम परिस्थितिमा पनि कोरोना महामारी नियन्त्रणमा सफलता प्राप्त गरेको दावी गरेको छ । स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डाक्टर जागेश्वर गौतमले गत मंसिर देखि ०७७ असोजसम्मको मुख्य उपलब्धिहरु समावेश पुस्तकको चर्चा गर्दै सरकारले महामारी नियन्त्रणमा उल्लेखनीय सफलता प्राप्त गरेको बताउनुभयो । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालय सम्हालेयता स्वास्थ्य सम्बन्धी सेवा, सूचना र शिक्षालाई सबैधानिक मौलिक अधिकारको रुपमा स्थापित गर्ने, संवैधानिक जिम्वेवारी पूरा गर्ने,

कोरोना संक्रमणबाट कांग्रेस नेता ५० वर्षीय तेजबहादुर पुनको मृत्यु

डोटी, ५ कात्तिक । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तेजबहादुर पुनको कोरोना भाइरसको संक्रमणको कारण मृत्यु भएको छ ।सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा ५० वर्षीय पुनको ज्यान गएको हो । स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको नेता पुनको उपचारकै क्रममा बुधबार मृत्यु भएको बताइएको छ । पुनलाई कोरोनाको संक्रमण भएको मंगलबार पुष्टि भएको थियो। कोरोना संक्रमणबाट मृत्यु हुने पुन डोटीका पहिलो व्यक्ति रहेको जनाइएको छ

बर्दियाको मधुवनमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दिया, ५ कात्तिक । मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा आज एक महिलाको मृत्यु भएको छ । मधुवन–३ बस्ने २६ वर्षीया गङ्गा खत्रीको घाँस काट्ने क्रममा बाघको आक्रमणमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

प्रहरी जवान साउदकाे शव पनि माेहना नदीमै फेला, असईसँगै उनकाे पनि हत्या

कैलाली, ४ कात्तिक । शनिबारदेखी बेपत्ता भनिएका प्रहरी जवान रामबहादुर साउदको शव दुई दिनपछि फेला परेको छ । नेपाल–भारत सीमा मोहना नदीमा विभत्स तरिकाले हत्या गरेको अवस्थामा उनको शब फेला परेको प्रहरीले जानकारी दिएको छ । प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक संगै गस्तीमा गएका बेला तस्करहरुले दुबै जनाको हत्या गरेको हुनसक्ने प्रहरीको आशंका रहेको छ ।   अस्थायी प्रहरी विट जुगेडामा कार्यरत असई विकको आइतवार बिहान नेपाल-भारत सीमास्थित मोहना

पर्वतमा पकुबा स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन

पर्वत, ४ कार्तिक । कुश्मा नगरपालिका ११ पकुवामा रहेको पकुवा स्वास्थ्य चौकीको नवनिर्मित भवन एक कार्यक्रमकाबिच हस्तान्तरण तथा उद्घाटन सम्पन्न भएको छ । कार्यक्रमको कुश्मा नगरपालिका ११ पकुवाका वडा अध्यक्ष शिव पौडेल र नगरपालिका स्वास्थ्य शाखा प्रमुख उमाकान्त सापकोटाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । उद्घाटन पछि बोल्दै वडा अध्यक्ष पौडेलले स्वास्थ क्षेत्रमा नगरपालिकाले धेरै लगानी गरेको हुदा यस बाट कोहि पनि बञ्चित हुन नपर्ने बताउनुभयो । स्वास्थको पहुँच नपुगेकाहरुसम्म स्वास्थ्यको

महामारीमा कांग्रेसको प्रस्ताव- ‘सांसद विकास कोष र दसैं भत्ता खारेज गरौं’

कठमाडौं, ४ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेफाली कांग्रेसले सांसद विकास कोष, दसैं भत्ता लगायत खारेज गरेर जनताको जीवन जोगाउनेतर्फ लगानी बढाउन सरकारलाई आग्रह गरेको छ । महामारीको समयमा जनताको जीवन जोगाउने कर्तव्य सरकारको भएको भन्दै कांग्रेसले कोरोना परीक्षण र उपचार निःशुल्क रूपमा गरेर महामारीबाट जनतालाई जोगाउन सरकारसँग आग्रह पनि गरेको छ । कोरोना संक्रमितको उपचार गर्नबाट सरकार पन्छिएसँगै ‘देशमा सरकार छ’ भन्ने बचेखुचेको भ्रमको अन्त्य गर्न सरकार आफैं उद्यत

जोर्डन पुगेकी नेपाली चेलीले पीडाको पोखरीबाट गरिन पुकार : ‘मलाई बचाइदिनुहोस्0p['

काठमाडौ, १ कात्तिक । घरेलु कामदारका रुपमा विदेश गएका नेपालीले दुःख पाउने गरेको समस्या धेरै आउने गरेको छ । नेपालमा रोजगारीको नपाएपछि धेरै नेपाली विदेश जान बाध्य हुन्छन् । तर त्यही पीडालाई फाइदामा बदल्न खोज्ने दलालहरु नेपाली समाजमा प्रशस्तै पाइन्छ । एक महिलाको पीडा न्यूज २४ को कल २४ कार्यक्रमलाई प्राप्त भएको छ । घरेलु कामदारका रुपमा जोर्डन पुगेकी एक महिलाले पाएको दुःख उनकै मुखमा सुन्नुपर्दा धेरैको मन रसाउन सक्छ

शनिबारदेखि भारतको बाँके बिहार मन्दिर खुल्ला

एजेन्सी, १ कात्तिक । भारतको मथुरामा रहेको चर्चित बाँके बिहार मन्दिर आजदेखि खुल्ला भएको छ ।अदालतको आदेशपछि मन्दिर नवरात्रीको पहिलो दिन पारेर शनिबारदेखि खुल्ला गरिएको हो । त्यहाँका मन्दिर कोरोना भाइरसको महामारी फैलिएपछि महिनौदेखि बन्द भएको थियो । अदालतको मापदण्ड कडाईका सथा पालना गरेर खुल्ला गर्न निर्देशन दिएपछि खुल्ला गरिएको मन्दिरका पदाधिकारीहरुले जानकारी दिएका छन् । दर्शालुहरुलाई बिहान ८ः३० देखि मध्यान्ह १२ बजेसम्म र बेलुका ५ः३० देखि ९ः३० सम्म मात्रै

काठमाडौं उपत्यकामा संक्रमणको बढ्दो रफ्तार उस्तै, शनिबार १७ सय ४६ जना संक्रमित थपिए

काठमाडौं, १ कात्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ४६ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७ सय ४६ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र १ हजार ४ सय ५१ जना संक्रमित थपिएका छन् भने ललितपुरमा १ सय ५२ जना संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा १ सय ४३

घटस्थापनाको पहिलो दिन दशैँ घरमा जमरा राखियाे

काठमाडौं, १ कात्तिक । दशैँको पहिलो दिन आज घटस्थापना वसन्तपुरको दशैँ घरमा जमरा राखिएको छ । नेपाली सेनाको टोलीले मंगल धुन बजाएर बढाईं गरेसँगै आज बिहान ११:४६ को शुभसाइतमा जमरा राखिएकाे हो । कोरोना महामारीको त्रासका कारण सामान्य अवस्थामा जस्तो दशैँको मनाउन नसकिने बातावरण रहेपनि बिगतको बर्ष झैँ यसपालि पनि दसैं घरमा जमरा राखिएको हो । नवरात्रको पहिलो दिन नेपाली हिन्दूहरुको घरघरमा जमरा राख्ने गरेका छन् ।   बसन्तपुरमा भीडभाड