दुखद खबर। बैतडीको खोड्पेमा बस दुर्घटना ८ जनाको मृ*त्यु २९ बढी घाइते

दुखद खबर। बैतडीको  खोड्पेमा बस दुर्घटना ८ जनाको मृ*त्यु २९ बढी घाइते

नेपालगन्ज : बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना भएको छ । दुर्घटनामा परी हालसम्म ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायण प्रशाद अधिकारीले पुष्टि गरे ।

दार्चुलाको गन्नाबाट महेन्द्रनगर आइरहेको ना५ख ५१४१ नम्बरको बस खोड्पे बजार नजिक राति करिब साढे १० बजेतिर सडकबाट खसेको उनले बताए । दुर्घटनामा हालसम्म २९ जना भन्दा बढी घाइते भएको समेत उनले जानकारी दिए ।

‘अहिले स्थानीय र प्रहरीको टालीले उद्धार कार्य गरिरहेको छ । घाइतेलाई डडेल्धुरा अस्पताल पठाउँदैछौ’ प्रहरी नायव उपरीक्षक अधिकारीले भने ।

मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *