अदालतबाट सजाय पाएर फरार एकजना पक्राउ

अदालतबाट सजाय पाएर फरार एकजना पक्राउ

रौतहट, २५ कार्तिक । रौतहटको ईलाका प्रहरी कार्यालय कटहरीयाले सवारी ज्यान मुद्धामा अदालतबाट सजाय पाएर फरार रहेका एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले रौतहट जिल्ला अदालतबाट २ बर्ष कैद र दुई हजार जरिवाना फैसला भई फरार रहेको रहेका जिल्लाको कटहरीया नगरपालिका वडा नंम्बर ४ बस्ने ४० वर्षीय शेख मोकदम देवानलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।

 

देवानलाई करिब २ बर्ष अगाडि अदालतबाट सजाय पाएर पनि गाउँघरमानै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको उहाँले बताउनुभयो । पक्राउ परेका देवानलाई रौतहट जिल्ला अदालतमा बुझाउने कार्यभई रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *