जमुनाहा प्रहरी टोलिले भन्सार छली ल्याउदै गरेको ५ लाख बराबर को अटो रिक्साको पार्टस सहित तीन जना पक्राउ ।

जमुनाहा प्रहरी टोलिले भन्सार छली ल्याउदै गरेको ५ लाख बराबर को अटो रिक्साको पार्टस  सहित तीन जना पक्राउ ।

सुरज मेघनाथ कार्तिक ०७ गते                                    बाँकेको नेपालगन्ज जमुनाहा नाकाबाट प्रहरीले ठूलो मात्रामा अटो रिक्साको पार्टसका सामान बरामद गरेको छ ।
नेपाल भन्सार लुकि छुपी ल्याउदै गर्दा प्रहरीले भे १ ह ३७५१ नम्बरको अटो रिक्सामा राखेर ल्याउदै गरेको ५ लाख बढीको अटो रिक्साको पार्टस बरामद गरेको हो ।
ईलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख प्रहरी नायब निरीक्षक बिष्णु गिरि सहित को टोलिले अटो पार्टसको सामानसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । चार्डपर्वको मौका छोपेर नेपालगञ्ज वडा नं. १५ स्थित इट्टा भट्टा भएर ल्याउदै गरेको अटो रिक्साको पार्टस फेला परेको जमुनाहा प्रहरी नायब निरीक्षक गिरीले बताउनु भयो ।
अटो रिक्साको पार्टस सहित अटो चालक समिम शेख, मोहम्मद रफिक र मोहम्मद फरिकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *