अनेरास्ववियू बाँकेको खजुरा गाउँपालिका कमिटीले ब्यानर बाटै शुभकामना व्यक्त ।

अनेरास्ववियू बाँकेको खजुरा गाउँपालिका कमिटीले  ब्यानर बाटै शुभकामना व्यक्त ।

सुरज मेघनाथ खजुरा ०६ कार्तिक
गौरवशालि संगठन अनेरास्ववियू  खजुरा गाउँपालिका कमिटीले दशै तिहार र छठको अवसरमा बाँकेको खजुरा लगायत विभिन्न चोकहरुमा शुभकामना ब्यानरहरुले राखेर शुभकामना व्यक्त गरेको छ । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण प्रशासनले सार्वजनिक रुपमा शुभकामना आदानप्रदान कार्यक्रम नगर्न सुचना जारी गरेपछि जिल्लाका विभिन्न चोकहरुमा शुभकामना ब्यानर राखेर शुभकामना व्यक्त गरिएको अनेरास्ववियू जिल्ला कमिटी बाँकेका सह-संयोजक टेकेन्द्र मल्लले बताउनु भयो ।
अनेरास्ववियू खजुरा कमिटी संयोजक सागर बि.क अनुसार कोभिड–१९ का कारणले सार्वजनिक रुपमा भेला भएर शुभकामना आदान प्रदान गर्न सम्भव नभएका कारण शुभकामना व्यानर राखिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *