विषम परिस्थितिमा पनि कोरोना महामारी नियन्त्रणमा सफलता प्राप्त गरेको सरकारको दावी

विषम परिस्थितिमा पनि कोरोना महामारी नियन्त्रणमा सफलता प्राप्त गरेको सरकारको दावी

काठमाडौं, ५ कात्तिक । सरकारले विषम परिस्थितिमा पनि कोरोना महामारी नियन्त्रणमा सफलता प्राप्त गरेको दावी गरेको छ । स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डाक्टर जागेश्वर गौतमले गत मंसिर देखि ०७७ असोजसम्मको मुख्य उपलब्धिहरु समावेश पुस्तकको चर्चा गर्दै सरकारले महामारी नियन्त्रणमा उल्लेखनीय सफलता प्राप्त गरेको बताउनुभयो ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालय सम्हालेयता स्वास्थ्य सम्बन्धी सेवा, सूचना र शिक्षालाई सबैधानिक मौलिक अधिकारको रुपमा स्थापित गर्ने, संवैधानिक जिम्वेवारी पूरा गर्ने, बर्तमान स्वास्थ्य प्रणलीलाई सबल, सक्षम र जिम्वेवार बनाउनेगरी स्वास्थ्य संरचनाको सुधार र बिस्तारको नीति तथा कार्यक्रमसहित स्वास्थ्य क्षेत्र सुधारको अभियान सञ्चालन रहेको प्रवक्ता गौतमले बताउनुभयो ।

स्वास्थ्य जनशक्ति अभाव हटाउन स्थायी पदपूर्ति नहुन्जेलसम्मको लागि करार सेवामा जनशक्ति लिने व्यवस्थासहितको कार्यविधि तयार गरी जनशक्तिको पूर्तिबाट काम गर्दा गर्दै कोरोना महामारी झेल्नु परेपछि सबै स्वास्थ्य क्षेत्रलाई एकीकृत गरेर कोरोना नियन्त्रणमा स्वास्थ्यमन्त्रालय जुटेको उहाँको भनाइ छ ।

कमजोर स्वास्थ्य प्रणाली, संघीयताको कार्यन्वयनमा भइरहेका बेला स्वास्थ्य संरचना पनि परिवर्तन भएर प्रथामिक स्वास्थ्य सेवा नै खलबल भएका बेला कोरोना महामारी आएपनि यसको नियन्त्रणमा महत्वपूर्ण सफलता प्राप्त भएको प्रवक्ता गौतमले बताउनुभयो ।

दैनिक २५ हजार पीसीआर परीक्षण गर्ने क्षमतासहित अस्पताल बेडको व्यवस्थासहित आपूर्ति व्यवस्थालाई पनि चुस्त हुनेगरी निरन्तर खटिरहेको उहाँले बताउनुभयो । त्यस्तै कोरोना महामारी नियन्त्रण सम्बन्धि लागि ४३ वटा निर्देशिका तथा मापदण्डहरु तयार गरी लागू गरिएको बताउनुभयो ।

त्यस्तै ३० बर्ष अघि स्थापना भएको स्वास्थ्य प्रणालीमा खासै परिवर्तन नभएको अवस्थामा बढ्दो जनसंख्याको बद्धि सँगै परिवर्तित स्वास्थ्य आवश्यकतालाई र राजनीतिक परिवर्तनलाई सम्बोधन गर्दै यो बर्षको नीति तथा कार्यक्रममा राष्ट्रिय रोग नियन्त्रण केन्द्र, खाद्य तथा औषधि प्रशासन, स्वास्थ्य तथा प्राधिकरण जस्ता स्वास्थ्य नीति २०७६ ले परिकल्पना गरेका स्वास्थ्य जनशक्तिको आवश्यकता परिपूर्ति हुनेगरी दरबन्दी सृजना गर्नेकाम भइरहेको प्रवक्ता गौतमले बताउनुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *