कोरोना संक्रमणबाट कांग्रेस नेता ५० वर्षीय तेजबहादुर पुनको मृत्यु

कोरोना संक्रमणबाट कांग्रेस नेता ५० वर्षीय तेजबहादुर पुनको मृत्यु

डोटी, ५ कात्तिक । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तेजबहादुर पुनको कोरोना भाइरसको संक्रमणको कारण मृत्यु भएको छ ।सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा ५० वर्षीय पुनको ज्यान गएको हो । स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको नेता पुनको उपचारकै क्रममा बुधबार मृत्यु भएको बताइएको छ ।

पुनलाई कोरोनाको संक्रमण भएको मंगलबार पुष्टि भएको थियो। कोरोना संक्रमणबाट मृत्यु हुने पुन डोटीका पहिलो व्यक्ति रहेको जनाइएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *