जिल्ला प्रहरी कार्यालयको( क्यु आर टि) टोलि घटना भएको थाहा पाएको ३० सेकेन्डमा मुभ हुने ।

जिल्ला प्रहरी कार्यालयको( क्यु आर टि) टोलि  घटना भएको थाहा पाएको ३० सेकेन्डमा मुभ हुने ।

सुरज मेघनाथ कार्तिक ०४ गते                                          जिल्ला प्रहरी कार्यालय बाँकेले चार्डपर्वलाई मध्यनजर गर्दै विशेष सुरक्षा योजनाअन्तर्गत घटना भएको थाहा पाएको ३० सेकेन्डमा मुभ हुने गरी ‘क्यूआरटी’ (क्वीक रेस्पोन्स टीम) परिचालन गरेको छ ।
नेपालगञ्जको धम्बोझीचोक र कोहलपुरको चौराहामा बेस बनाएर क्यूआरटी परिचालन हुने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख उपरीक्षक ओम बहादुर रानाले बताउनु भएको छ । बाँकेको कुनैपनि ठाँउमा घटना भएको थाहा पाएको ३० सेकेन्डमै मुभ हुने गरी धम्बोझीचोकमा १२ वटा मोटरसाइकल र एउटा भ्यान स्टेन्डवाई राखिएको छ । उपरीक्षक रानाका अनुसार, जिल्लाभरीमा ३६ वटा मोटरसाइकल यसरी स्टेन्डवाई राखिएको छ ।
‘घटना भएको थाहा पाएको ३० सेकेन्डमा मोटरसाइकल मुभ हुन्छ । प्रहरी भ्यान एक मिनेटमा मुभ हुन्छ, प्रहरी उपरीक्षक रानाले भन्नुभयो, धम्बोझीमा एउटा अर्को भ्यान पीडितको उद्धार गर्नका लागि राखिएको छ ।
बाँके प्रहरीले चार्डपर्व लक्षित विभिन्न योजनाहरु सार्वजनिक गरिसकेको छ । त्यसअन्तर्गतको क्यूआरटीको परिचालनको मंगलबारदेखि धम्बोझीमा उद्घाटन गरिएको बाँके प्रहरी प्रमुख उपरीक्षक रानाले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *