प्रहरी जवान साउदकाे शव पनि माेहना नदीमै फेला, असईसँगै उनकाे पनि हत्या

प्रहरी जवान साउदकाे शव पनि माेहना नदीमै फेला, असईसँगै उनकाे पनि हत्या

कैलाली, ४ कात्तिक । शनिबारदेखी बेपत्ता भनिएका प्रहरी जवान रामबहादुर साउदको शव दुई दिनपछि फेला परेको छ ।

नेपाल–भारत सीमा मोहना नदीमा विभत्स तरिकाले हत्या गरेको अवस्थामा उनको शब फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक संगै गस्तीमा गएका बेला तस्करहरुले दुबै जनाको हत्या गरेको हुनसक्ने प्रहरीको आशंका रहेको छ ।

 

अस्थायी प्रहरी विट जुगेडामा कार्यरत असई विकको आइतवार बिहान नेपाल-भारत सीमास्थित मोहना नदीमा शव फेला परेको थियो।

बेपत्ता भएदेखि उनको सशस्त्र प्रहरीको गोताखोर टोलीसहितले कैलाली र कञ्चनपुर प्रहरीले खोजतलासी जारी राखेका थियो । हत्यामा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरिसकेको जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *