पर्वतमा पकुबा स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन

पर्वतमा पकुबा स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन

पर्वत, ४ कार्तिक । कुश्मा नगरपालिका ११ पकुवामा रहेको पकुवा स्वास्थ्य चौकीको नवनिर्मित भवन एक कार्यक्रमकाबिच हस्तान्तरण तथा उद्घाटन सम्पन्न भएको छ ।

कार्यक्रमको कुश्मा नगरपालिका ११ पकुवाका वडा अध्यक्ष शिव पौडेल र नगरपालिका स्वास्थ्य शाखा प्रमुख उमाकान्त सापकोटाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

उद्घाटन पछि बोल्दै वडा अध्यक्ष पौडेलले स्वास्थ क्षेत्रमा नगरपालिकाले धेरै लगानी गरेको हुदा यस बाट कोहि पनि बञ्चित हुन नपर्ने बताउनुभयो ।

स्वास्थको पहुँच नपुगेकाहरुसम्म स्वास्थ्यको पहुँच पुराउने उदेश्यका साथ वडामा नगरपालिकाबाट बजेट छुट्टाएर स्वास्थमा लगानी गरेको उहाँको भनाई थियो । उहाँले वडामा स्बास्थ संस्थाको आबश्यकताको महशुस गरी सो अनुसार कामको थालनी भएको भन्दै छिटै नै बर्थिङ्ग सेन्टर उपकरण ,र आवश्यक औषधिहरु उपलब्ध गराउने प्रतिबद्धता समेत जनाउनुभयो ।

पौडेलले मुलुकमा राजनैतिक स्थिरता भएको भन्दै सङ्घियताले नै जनताको स्वास्थ्य समस्या सम्बोधन गर्न सक्ने बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै बास्थ शाखा प्रमुख उमाकान्त सापकोटाले स्वास्थ्य भन्दा ठूलो अरु केहि नभएको भन्दै नवनिर्मित भवनको ब्यवस्थित उपयोगको कामना गर्नुभएको थियो ।

कुश्मा नगरपालिकाको ८ लाखको लागतमा स्वास्थ्य चौकीको निमार्ण सम्पन्न भएको हो । कार्यक्रममा नेकपा नेता डिल्ली सुबेदी, काग्रेसका नेता गणेश मल्ल, नगरपालिकाका स्बास्थ सह संयोजक याम शर्मा, पकुवा स्वास्थ्य चौकी प्रमुख सबिता कुमारी शर्मा, स्यानिपोखरी प्रथामिक बिद्यालयका प्रअ रामबहादुर केसी, पुर्व गाबिस अध्यक्ष ठाकुर पौडेल जग्गादाता रत्नखर रिमाल लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा बोल्ने स्थानीय बक्तहरुले भवन मात्र नभइ उपकरण र दक्ष जनशक्तिको आवस्यकता रहेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *