जिल्ला ट्राफिक कार्यालय बर्दियाले सुरक्षित यात्रा अभियान अनुगमन ।

जिल्ला ट्राफिक कार्यालय बर्दियाले  सुरक्षित यात्रा अभियान अनुगमन   ।

सुरज मेघनाथ कार्तिक ०३ गते                                   जिल्ला ट्राफिक कार्यालय बर्दियाको आयोजनामा           सुरक्षित यात्रा अभियान सुचारु ।                                         जिल्ला ट्राफिक कार्यालय बर्दियाले नजिकिदै गरेको महान् चार्ड बडा दशै तथा दिपावलीलाई मध्य नजर गर्दै ”सुरक्षित यात्रा अभियान सुरु गरियो । कार्यक्रम अन्तर्गत सडक दुर्घटना न्युनिकरण लागी प्रभावकारी ट्राफिक ब्यवस्थापन गरि जिल्ला ट्राफिक कार्यालयको क्षेत्र अन्तर्गत पर्ने सम्पुर्ण गुलरिया नगरपालिका वडा नं.०७ स्थित हुलाकि राजमार्ग देखि गुलरिया बसपार्कमा जिल्ला ट्राफिक कार्यालयको आयोजना तथा बर्दिया जिल्ला अस्पताल,गुलरिया बर्दियाको सहयोगमा हुलाकि सडकमा संचालन हुने लामो तथा छोटो दुरीका सम्पुर्ण सवारी चालकहरुको स्वास्थ परिक्षणमा सहभागी हुनुभएका जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी ज्यु, जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख उपरीक्षक केदार रजौरे ज्यु , सशस्त्र प्रहरी बलका उपरिक्षक नर बहादुर रावत ज्यु, वडा ०७ का वडा अध्यक्ष्य श्रीमती गिता बस्नेत ज्यु र जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख लोकेन्द्र बहादुर मल्ल ज्युको सहभागितामा १०४ जना सवारी चालकहरुको स्वास्थ्य परिक्षण गरि साथै ३०० पिस मास्क तथा कोभिड-१९ सम्बन्धी चेतनामुलक पर्चा पम्पलेट समेत बितरण गरेको ट्राफिक प्रमुख लोकेन्द्र बहादुर मल्लले बताउनु भएको छ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *