काठमाडौं उपत्यकामा संक्रमणको बढ्दो रफ्तार उस्तै, शनिबार १७ सय ४६ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा संक्रमणको बढ्दो रफ्तार उस्तै, शनिबार १७ सय ४६ जना संक्रमित थपिए

काठमाडौं, १ कात्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ४६ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७ सय ४६ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र १ हजार ४ सय ५१ जना संक्रमित थपिएका छन् भने ललितपुरमा १ सय ५२ जना संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा १ सय ४३ जना संक्रमित देखिएका छन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ५३ हजार ७ सय ८६ पुगेको छ । काठमाडौंमा ४२ हजार ३० जना, ललितपुरमा ६ हजार १ सय ९० , भक्तपुरमा ४ हजार ३ सय १७ जना संक्रमित थपिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *