घटस्थापनाको पहिलो दिन दशैँ घरमा जमरा राखियाे

घटस्थापनाको पहिलो दिन दशैँ घरमा जमरा राखियाे

काठमाडौं, १ कात्तिक । दशैँको पहिलो दिन आज घटस्थापना वसन्तपुरको दशैँ घरमा जमरा राखिएको छ ।

नेपाली सेनाको टोलीले मंगल धुन बजाएर बढाईं गरेसँगै आज बिहान ११:४६ को शुभसाइतमा जमरा राखिएकाे हो । कोरोना महामारीको त्रासका कारण सामान्य अवस्थामा जस्तो दशैँको मनाउन नसकिने बातावरण रहेपनि बिगतको बर्ष झैँ यसपालि पनि दसैं घरमा जमरा राखिएको हो । नवरात्रको पहिलो दिन नेपाली हिन्दूहरुको घरघरमा जमरा राख्ने गरेका छन् ।

 

बसन्तपुरमा भीडभाड हुने भएकाले स्वास्थ्य मापडण्ड पूर्ण रुपमा पालना गर्दैं जमरा राखेको हो । जमरा राख्ने दिन नजिकको नदी वा चोखोस्थलबाट बालुवा वा माटो ल्याइ गाईको गोबरले लिपपोत गरिएको कोठामा वा दसैंघरमा जमरा रोप्ने गरिदै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *