पर्सा प्रहरीद्वारा बीरगञ्जको गणेश अपार्टमेन्टमा छापा, ठूलो परिमाणमा सुन बरामद

पर्सा प्रहरीद्वारा बीरगञ्जको गणेश अपार्टमेन्टमा छापा, ठूलो परिमाणमा सुन बरामद

बीरगञ्ज, १ कात्तिक । प्रहरीले वीरगञ्जको एक घरमा छापा मारेर ठूलो परिमाणमा अबैध सुन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले छापा मारेर बरामद गरेको सुनको बास्तविक परिमाण यकिन हुन बाँकी रहेपनि अनुमानित ८ किलोको हाराहारीमा रहेको बताइएको छ ।

पर्सा प्रहरीले बीरगञ्ज महानगरपालिका वडा नम्बर ५ रेशमकोठीस्थित ६ नम्बर गेटमा रहेको गणेश अपार्टमेन्टमा छापा मारेको थियो । विशेष सूचनाको आधारमा प्रहरीले छापा मारेर सो परिमाणको सुन बरामद भएपनि कसैलाई पनि पक्राउ भने नगरेको बताइएको छ ।

 

अपार्टमेन्टमा बस्दै आएका भारतीय नागरिक अशोक सिन्हाको फ्ल्याटमा सो सुन फेला परे पनि सिन्हा भने फेला पर्न नसकेको बताइएको छ । सिन्हा भन्सार क्लियरिङ एजेन्टको नाममा सुन तस्करीमा संलग्न रहदै आएको प्रहरीको आशंका छ ।

बरामद सुनको बारेमा प्रहरीले केही बेरमा पत्रकार सम्मेलन गरेर सर्वाजनिक गर्ने जानकारी दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *