ससुराको पैसा हातपार्न आफ्नै भिनाजुले गरे सालाको अपहरण

ससुराको पैसा हातपार्न आफ्नै भिनाजुले गरे सालाको अपहरण

सुरज मेघनाथ भदौ १२ ससुराको पैसा हातपार्न आफ्नै भिनाजुले गरे सालाको अपहरण
सुरज मेघनाथ /१२ भदौ
बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा १६ का एक जनाले ससुराको पैसा हात पार्न सालाको अपहरण गरेका हुन् । ससुराले जग्गा किन्न राखेको पैसा हात पार्न नेपालगन्जका कल्लु भनिने कलिम खाँले सालाको अपहरण गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बाँके प्रहरीका अनुसार भदौ ९ गते राति साढे आठ बजे मोहर्रम हेर्न गएका बेला खाँले १३ वर्षीय साला इसहाक जाकिर भनिने इन्तजार खाँलाई अपहरण गरेको खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना अनुसार भदौ १० गते जग्गा किन्ने तयारीमा रहेका ससुराले चार लाख ८५ हजार देखाएपछि कलिमले उक्त रकम हात पार्न कल्लुले नाताले साला पर्नै इन्तजार खाँको अपहरण गरेका हुन् ।

भोलिपल्ट १० गते घरपरिवारले प्रहरीलाई खबर गरेपछि ११ गते बालकको उद्धार गरिएको थियो। कलिमलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ‘सालालाई अपहरण गरेर कलिमले आफ्नै घरमा राखेका रहेछन्’, रानाले भने, ‘सालालाई घरमा राखेर ससुरालीमा १० लाख रुपैयाँ फिरौती मागेका थिए।’

प्रहरीले खोजतलास गरिरहेको थाहा पाएपछि नाबालकलाई आफ्नो घरबाट बुढिया गाउँस्थित बालकको फुपूको घरमा छोडेको प्रहरीले जनाएको छ। प्रहरीले कलिमले प्रयोग गर्ने भे४प २३४४ नम्बरको सुजुकी मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ। मुलुकी संहिता ऐन २०७४ को परिच्छेद १७ को अपहरण वा शरीर बन्धक सम्बन्धी कसुरको दफा २१३ बमोजिम सात वर्षदेखि १० वर्षसम्म कैद र ७० हजारदेखि एक लाख सम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *