च्याम्पियन्स लिगको उपाधि बायर्नले उचाल्यो, पीएसजी १-० ले पराजित

च्याम्पियन्स लिगको उपाधि बायर्नले उचाल्यो, पीएसजी १-० ले पराजित

काठमाडौं, ०८ भदौ । च्याम्पियन्स लिगको उपाधि बेभरियनल क्लब बायर्न म्युनिखले जितेको छ । गएराति भएको फाइनल खेलमा बायार्न म्युनिखले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)लाई १-० गोलले पराजित गर्दै उपाधि कब्जा गरेको हो । बायर्नको च्याम्पयिन्स लिगको उपाधि कब्जा यो छैटौं पटक हो ।

पोर्चुगलकाे राजधानी लिस्बनमा भएको फाइनल खेलमा बायार्नको जितका लागि एक मात्र गोल किंग्स्ले कोमानले गरेका थिए । उनी खेलको ५९ औं मिनेटमा गोल गर्न सफल भएका थिए ।

 

जोसुवा किमिचले दिएको पासलाई कोमानले हेडमार्फत गोल गरेका थिए । निकै प्रतिस्पर्धामक बनेको खेल पहिलो हाफ बराबरीमा सकिएको थियो । स्टार खेलाडीहरुले भरिएको पीएसजी खेलका नतिजा आफ्नो पक्षमा पार्ने दाउमा भएपनि लोकप्रीय टिमलाई पराजित पार्दै आएको र बिगतमा धेरै पटक उपाधि कब्जा गर्दै आएको बायर्नले उच्च मनोवलका साथ प्रस्तुत हुँदा जित आफ्नो पक्षमा पार्न सफल भयो ।

२०१८ को विश्वकपमा चम्कीएका केलियन एम्बाप्पे, नेयमारजस्ता स्टार रहेको टिम पीएसजी आफ्नो स्थापनाका ५० वर्षपछि च्याम्पियन्स लिगको फाइनल पुगेको हो । तर उसले यो सुनौलो अबसर सदुपयोग गर्न सकेन । खेलका क्रममा एम्बाप्पे र नेइमारले अनेकौं प्रयास गरेपनि गोल गर्न सकेका थिएनन् ।

उता ११ औं पटक फाइनल पुगेको बायर्नले छैटौं जित हासिल गर्यो । बायर्न च्याम्पियन्स लिग चौथो धेरैपटक जित्ने टिमसमेत बनेको छ। बायर्नले यसअघि सन् १९७४, १९७५, १९७६, २००१ र २०१३ मा पनि च्याम्पियन्स लिगको उपधि जितेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *