३५ हजार नेपालीको उद्धार

३५ हजार नेपालीको उद्धार

काठमाडौँ, १३ साउन । भारतबाहेक अन्य मुलुकमा आपतमा परेका झन्डै ३५ हजार नेपालीको उद्धार गरिएको छ । साउन १० गतेसम्मको तथ्याङ्कअनुसार ३५ हजार नेपालीको उद्धार गरी स्वदेश फर्काइएको जनाइएको छ ।

त्यसैगरी विदेशमा निधन भएका २२१ भन्दा बढी नेपालीको शव ल्याएर आफन्तलाई जिम्मा लगाइएको कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले जनाएको छ ।

नेपाल सरकार, कूटनीतिक निकाय र गैरआवासीय नेपाली सङ्घको पहलमा विभिन्न २३ मुलुकमा अलपत्र परेका, भिसाको समय सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका नेपालीको उद्धार गरिएको हो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *