राजेश हमाल महानायक होईनन् भन्ने बयान दिएकी हास्यकलाकार दीपाश्री निरौलाले माफि मागिन्

राजेश हमाल महानायक होईनन् भन्ने बयान दिएकी हास्यकलाकार दीपाश्री निरौलाले माफि मागिन्

काठमाडौं । महानायक राजेश हमाललाई महानायकको उपाधि दिनु गलत रहेको बयान दिएकी हास्यकलाकार एवं निर्देशक दिपाश्री निरौला विवादमा तानिएकी छन् । चौतर्फि विवादमा तानिएपछि फेसबुमा लामो स्टाटस लेख्दै निरौलाले राजेश हमालका फ्यानसँग माफि मागेकी छन् । निरौलाले अबदेखि अन्तर्वाता दिँदा पत्रकारको आशय र उदेश्य बुझेर मात्र जवाफ दिने कोशिस गर्ने उल्लेख गरेकी छिन् ।

उनले कोरोनाका कारण चलचित्र प्राविधिकहरु अफ्ठ्यारोमा पर्दा अन्य चलचित्रकर्मीले सहयोग गरे पनि महानायक हमालले नगरेका कारण आफूले सो टिप्पणि गरेको निरौलाले बताएकी छिन् । निरौलाले अन्तर्वार्ता दिदै राजेश हमाल महानायक हो र ? भन्दै प्रश्न गरेपछि उनको त्यो अभिव्यक्तिको भिडियोको अंश अहिले भाइरल भइरहेको छ । राजेश हमालका फ्यानहरु दीपाश्री निरौलामाथि खनिएका छन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *