नयाँ नक्साको खुसी : राष्ट्रिय युवा संघ बाँकेद्वारा कोहलपुर, नेपालगञ्ज र खजुरामा दिप प्रज्वलन (तस्विरसहित)

नयाँ नक्साको खुसी : राष्ट्रिय युवा संघ बाँकेद्वारा कोहलपुर, नेपालगञ्ज र खजुरामा दिप प्रज्वलन (तस्विरसहित)

बाँके – राष्ट्रिय युवा संघ बाँकेले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नेपालको राजनीतिक एवं प्रशासनिक नक्शा संसद्बाट स पारित भएको खुशीयालीमा काभ्रेपलाञ्चोकको बाँके कोहलपुरमा दीप प्रज्वलन गरिएको छ । कोहलपुरमा बेलुका दीप प्रज्वलन कार्यक्रम गरी खुशीयाली मनाएका हुन् । कार्यक्रममा सहभागीले राष्ट्रय झण्डा फहराएर लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई तत्काल फिर्ता गर्न भारत सरकारसँग माग पनि गरेका छन् ।

भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको विधेयक पारित भएसँगै राष्ट्रिय युवा संघ बाँकेले कोहलपुरको मुख्यचोकमा दीप प्रज्वलन गरेको हो ।

दिप प्रज्वल कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल बाँकेका अध्यक्ष कुस्माखर बस्यालको अध्यक्षता तथा नेकपा प्रदेश ५ सचिवालय सदस्य एवं नेकपा बाँकेका सचीव अशोक कोईरालाको प्रमुख अतिथिमा आयोजना गरिएको दिप प्रज्वलन कार्यक्रममा नेकपा प्रदेश ५ का सदस्य नरेन्द्र न्यौपाने , नेकपा बाँके कार्यलय सदस्य रेनुका खड्का , अब्दुल हुसैन खा तथा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य दिपक जिएम ,राष्ट्रिय युवा संघ बैजनाथका अध्यक्ष यज्ञ पुन, नेकपा नगर अध्यक्ष बशन्ती अधिकारी नेकपा नगर इन्चार्ज शोभाखर अधिकारी युबा संघ केन्द्रिय सदस्य खेम शर्मा लगायतको उपस्थिति रहेको थियो ।

 

त्यस्तै कार्यक्रममा नेकपा जिल्ला कर्यालय सद्स्य सुर्य ढकाल समेतको उपस्थिति थियो भने कार्यक्रमको संचालन राष्ट्रिय युबा संघ नेपाल बाँकेका सह-संयोजक आकास कार्कीले गरेका थिए ।

त्यस्तै उता बाँकेको नेपालगन्ज तथा खजुरामा समेत नयाँ नक्सालाई संसदले पारित गरेपछिको खुसीमा दिप प्रज्वलन गरिएको छ । नेपालगन्जको पुष्पलाल चोक लगायतका स्थानमा युवाहरु जम्मा भएर दिप प्रज्वलन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *