तीन लाख घुस सहित पाल्पाका वडाध्यक्ष रुपन्देहीमा रंगेहात पक्राउ

तीन लाख घुस सहित पाल्पाका वडाध्यक्ष रुपन्देहीमा रंगेहात पक्राउ

बुटवल, २४ जेठ ।पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं. ७ स्थित बल्ढेङगढीका वडा अध्यक्ष देबेन्द्र पुन तीन लाख घुस रकमसहित पक्राउ परेका छन् ।शनिबार विहान रुपन्देहीको सालझण्डीमा एक ब्यक्तिसंग तीन लाख घुस लिनेक्रममा आख्तियारको टोलीले पुनलाई रंगेहात पक्राउ गरेको हो ।काठको काम गर्ने एक ब्यवसायीसंग काठ लिलामको काममा सहजिकरण गरिदिने भनी घुस लिंदै गरेको अवस्थामा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग बुटवल कार्यालयको टोलीले पुनलाई पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *