रुकुमको घटनाका दोषीलाई कारबाही गर्न मानव अधिकार समितिको माग

रुकुमको घटनाका दोषीलाई कारबाही गर्न मानव अधिकार समितिको माग

काठमाडौं, १३ जेठ । नेपाल बार एशोसिएसनको मानव अधिकार समितिले रुकुम चौरजहारीमा जाजरकोटाका तीन युवाको ज्यान लिनेगरी भएको घटना मानवताविरुद्धको अपराध भएको जनाएको छ । साथै नेपाल सरकारसँग उक्त घटनामा संलग्न दोषीहरुलाई कारबाही गर्न माग समेत गरेको छ ।

समितिले ३ जना युवाहरुको ज्यान गइसकेको घटनामा अन्य तीन अझै पनि बेपत्ता रहेको जनाएको छ । समितिले आज प्रेस विज्ञप्ती जारी गर्दै उक्त घटना नेपाल पक्ष राष्ट्र भएका अन्तर्राष्ट्रिय अनुबन्धन, नेपालको संविधान र प्रचलित कानरुन विपरित भएको जनाएको छ ।

उक्त घटना मानव मात्रको लागि दुखद् र लज्जाको विषय भएको र घटना सामूहिकरुपमा भएका कारणले हाम्रो सामूहिक विवेकमा पनि यसले गम्भीर प्रश्न खडा गरेको समितिले जनाएको छ ।

जसको कारण पनि समितिले विधिको शासन, मानव अधिकार तथा सामाजिक न्यायको पुनस्थापनका लागि रुकुमको सो घटनाको निष्पक्ष छानबिन गरी दोषीहरुलाई कानून बमाजिम कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति समेतको व्यवस्था गर्न माग गरेको छ ।

यही जेठ १० गतेको सो जाजरकोट भेरी नगरपालिका ४ का नवराज विक, गणेश बुढा र टीकाराम सुनारको ज्यान गएको छ । साथै, अन्य तीन जना अझै बेपत्ता रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *