नेपालसेवा समाज केन्द्रिय समिति राजकोट को नेतृत्वमा पिडितहरुलाई राहत वितरण

नेपालसेवा समाज केन्द्रिय समिति राजकोट को नेतृत्वमा पिडितहरुलाई राहत वितरण

भारत राजकोटमा रहेका अलपत्र  विभिन्न गरिब , दुखी अनि पिडितहरुलाई राहत वितरण गरिएको छ ।श्री पनाह फाउन्डेसन अम्दाबाद र श्री नेपाली सेवा समाज केन्द्रिय समिति राजकोट को नेतृत्वमा पिडितहरुलाई राहत वितरण कार्यक्रम सफल पारिएको हो ।

भेडियो हेर्नुहोस 

यो संगठन निक्कै नै सक्रिय बन्दै आएको छ । भारतका विभिन्न ठाउँहरुमा भएका पिडाहरुलाई निर्क्योल गर्दै आवश्यक मात्रमा सहयोग गर्दै आएको छ ।

संगठनमा धेरै नै मनका धनीहरुको उपस्थिति भएको कारणले गर्दा पिडितको समस्यानै संगठनको समस्या सम्झदै हरेक पिडाहरुका घाउहरुमा मल्हम पट्टि लगाउने जमर्को गर्दै आएको छ ।

हालसम्म भारतको गुजरात  भन्ने ठाउँका विभिन्न ५० परिवारलाई संगठनको नेतृत्वमा पिडितहरुलाई राहत वितरण कार्यक्रम सम्पन्न भई सकेको छ ।अनेकौं पिडाहरुलाई आफ्नैं पीडा ठानी सेवा भावमा तल्लीन यो संगठनले आगामी दिनहरुमा पनि यस्तै सेवामा रही रहने पनि हामीलाई प्रतिबद्धता गराएको छ ।

संगठनका एक सदस्य एवम् समाजसेवी श्री मनोज बिकको अनुसार यो संगठनले भारतमा भएका पिडितहरुलाई सदैव सकेसम्मको घाउगरुमा मल्हम पट्टि लगाउँदै आईरहेको भन्ने जानकारी तामाचुली खबर लाई दिनु भयो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *