मजदुर श्रमिकका लागि विशेष प्याकेज ल्याउनुपर्छ! सह_सयोजक टेकेन्द्र मल्ल

मजदुर श्रमिकका लागि विशेष प्याकेज ल्याउनुपर्छ! सह_सयोजक टेकेन्द्र मल्ल

तुलबीर/तमाचुली खबर 

नेपालगंज  १९ वैशाख । अनेरास्ववियू बाँकेका  सह-सयोजक टेकेन्द्र मल्ल  ले १३१ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मजदुर  श्रमजीवीलाई शुभकामना व्यक्त गर्नुभएकाे छ।

विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड–१९ नामक घातक भाइरसको सामना गर्न सिङ्गो विश्व नै संघर्षरत रहेका कारण अहिले संसारभरका श्रमजीवि मजदुरहरुको रोजगारी गुमिरहेको उहाँकाे भनाइ छ । ‘दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने राजधानी लगायतका विभिन्न सहरमा रहेका निम्न वर्गीय श्रमजीवी जनताको खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष सहयोगको प्याकेज निर्माण गर्न म सरकारको विशेष ध्यानाकर्षण गराउँदछु।’

उहाँले देशका विभिन्न भागहरुबाट आ–आफ्नो घर फर्किने क्रममा अलपत्र परेका मजदुर र अन्य जन–समुदायलाई सुरक्षितरुपमा गन्तव्यमा पुर्‍याउनु सबैकाे कर्तव्य रहेकाे बताउनुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *