साइबर अपराधमा पक्राउ परेका पूर्व सचिव उपाध्याय रिहा

साइबर अपराधमा पक्राउ परेका पूर्व सचिव उपाध्याय रिहा

काठमाडौं, १५ बैशाख । साइबर अपराधको अभियोगमा पक्राउ परेका पूर्व सचिव भीम उपाध्याय रिहा भएका छन् ।

जिल्ला अदालत काठमाण्डौंले उपाध्यायलाई २५ हजार रुपैंया धरौटीमा रिहा गर्न आदेश दिएपछि तोकिएको धरौटी बुझाएर उनी सोमबार रिहा भएका हुन् ।

सामाजिक सञ्जालमा जथाभावी टिप्पणी गरेको आरोपमा प्रहरीले उपाध्यायलाई पक्राउ गरी विद्युतिय कारोवार ऐन अन्तर्गत मुद्दा चलाएको थियो ।

सोमबार भएको थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंले उपाध्यायलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *