काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ८२ हजार नाघ्याे, एकैदिन ७ हजार बढीकाे मृत्यु

काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ८२ हजार नाघ्याे, एकैदिन ७ हजार बढीकाे मृत्यु

काठमाडाैं, २६ चैत । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८२ हजार नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८२ हजार १९ पुगेको छ ।

अहिलेसम्म विश्वभर १४ लाख ३० हजार ५१६ जना कोरोनाबाट संक्रमित भएका छन् । सङ्क्रमितमध्ये ३ लाख १ हजार बढी उपचारपछि घर फर्किएका छन् । अहिले १० लाख ४६ हजार ७८६ मा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ४७ हजार ९१२ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ ।

कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा इटाली, स्पेन त्यसपछि अमेरिका पर्छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ हजार १२७ पुगेको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा मात्रै ६०४ जनाको मृत्यु भएको छ भने ३ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । अहिलेसम्म इटालीमा १ लाख ३५ हजारभन्दा बढीमा कोरोनाबाट संक्रमित भएका छन् । तीमध्ये २४ हजार ३९२ जना पूर्ण रुपमा निको भएका छन् । अहिले त्यहाँ ९४ हजारभन्द बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये ४ हजारकाे अवस्था गम्भीर रहेको छ ।

काेराेनाकाे कारण इटालीपछि सबैभन्दा बढी स्पेनमा मृत्यु भएकाे छ । अहिलेसम्म स्पेनमा काेराेनाका कारण १४ हजारभन्दा बढीकाे ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै स्पेनमा ७ सय ४ जनाको ज्यान गएको वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ ।

स्पेनमा अहिलेसम्म १ लाख ३४१ हजारभन्दा बढी काेराेना संक्रमित भएको छन् । तीमध्ये ४३ हजार २०८ जना भने पूर्ण रुपमा निको भएका छन् । अहिले स्पेनमा ८४ हजार ६८९ जनामा कोरोना संक्रिया रहेको छ । तीमध्ये ७ हजारकाे अवस्था भने गम्भीर रहेकाे छ ।

सबैभन्दा बढी काेराेना संक्रमण हुने देश हाे अमेरिका । मृत्यु हुनेमा भने अमेरिका तेस्राे नम्बरमा पर्छ । अहिलेसम्म अमेरिकामा ४ लाखभन्दा बढीमा काेराेनाकाे संक्रमण भएकाे छ । मंगलबार मात्रै अमेरिकामा ३३ हजारभन्दा बढी नयाँ काेराेना संक्रमित भेटिएका छन् ।

अहिलेसम्म अमेरिकामा काेराेनाबाट १२ हजार ८३७ जनाकाे मृत्यु भएकाे छ । पछिल्लाे २४ घण्टाभित्र अमेरिकामा १ हजार ९६६ जानकाे मृत्यु भएकाे छ । संक्रमितमध्ये २१ हजार ६७४ जान भने पूर्ण रूपमा निकाे भएका छन् । अहिले त्यहाँ ३ लाख ६५ हजार ८१२ जनामा काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ९ हजार १६९ जनाकाे भने अवस्था गम्भीर रहेकाे छ ।

काेराेना संक्रमण हुने देशमा चीनभन्दा अगाडि जर्मनी र फ्रान्स पनि रहेकाे छ । जर्मनीमा अहिलेसम्म काेराेना संक्रमित हुनेकाे संख्या १ लाख ७ हजार ६६३ पुगेकाे छ । तीमध्ये ३६ हजार ७३३७सय भने पूर्ण रूपमा निकाे भइसकेका छन् । अहिले जर्मनीमा ६९ हजार ५६६ जनामा काेराेना सक्रिय रहेकाे छ । करिब ५ हजार जना भने गम्भीर अवस्थामा रहेका छन् । अहिलेसम्म त्यहाँ २ हजार १६ जनाले काेराेनाका कारण ज्यान गुमाएका छन् ।

फ्रान्समा अहिलेसम्म काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या १० हजार ३२८ पुगेकाे छ । मंगलबार मात्रै त्यहाँ १ हजार ४१७ जनाकाे मृत्यु भएकाे छ । अहिलेसम्म फ्रान्समा १ लाख ९ हजारभन्दा बढी काेराेनाबाट संक्रमित भएका छन् । जसमा मंगलबार मात्रै ५ हजारभन्दा बढी नयाँ संक्रिमत थपिएका हुन् । अहिले त्यहाँ ७९ हजार ४०४ जनामा काेराेना संक्रिय रहेकाे छ । तीमध्ये ७ हजारकाे अवस्था भने गम्भीर रहेकाे छ ।

काेराेनाकाे उद्गम स्थल चीन भने अहिले १२ सयकाे हाराहारीमा मात्रै काेराेना सक्रिय रहेकाे छ । त्यहाँ ७७ हजारभन्दा बढी पूर्णरूपमा निकाे भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८१ हजार ७ सय जनामा कोरोनाको संक्रमण देखिएकाे छ ।

एकैदिन ७ हजार बढीकाे मृत्यु

विश्वभर मंगलबार मात्रै ७ हजारभन्दा बढीकाे मृत्यु भएकाे वर्ल्डो मिटर्सले जनाएकाे छ । मंगलबार सबैभन्दा बढी अमेरिकामा १ हजार ९४२ जनाकाे मृत्यु भएकाे छ । अमेरिका पछि फ्रान्समा १ हजार ४१७, बेलायतमा ७८६, स्पेनमा ७०४, इटालीमा ६०४, बेल्जियमा ४०३, जर्मनीमा २०६, इरानमा १३३, नेदेरल्याण्डमा २३४, ब्राजिलमा १२२, स्वेडेनमा ११४ जनाकाे मृत्यु भएकाे वर्ल्डो मिटर्सले जनाएकाे छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *