वर्षाै पछि मेरी बास्सैमा फर्किए धुर्मुस-सुन्तली..(भिडियो सहित)

वर्षाै पछि मेरी बास्सैमा फर्किए धुर्मुस-सुन्तली..(भिडियो सहित)

३ फाल्गुन २०७६, शनिबार काठमाडौँ, सर्वाधिक लोकप्रिय हास्य टेलिसिरियल ‘मेरी बास्सै’ मा आउँदो हप्ता सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ लाई देख्न पाउने भएको छ । धुर्मुस सुन्तली नाम जन्माएको सिरियल हो मेरी बास्सै, उनीहरूले मेरी बास्सैको सुरुवाती दिनदेखिनै श्रीमान् श्रीमतीको भूमिका निभाउँदै आएका थिए ।पर्दामा श्रीमान श्रीमती बनेर अभिनय गर्दागर्दै रियलमा पनि श्रीमानश्रीमती बन्न पुगेका यी जोडी पछिल्लो समय कलाकारिताबाट अलिपर रहेर सामाजिक कार्यमा लागिरहेका छन् ।

२०७२ सालको विनाशकारी महाभुकम्प पछि समाजसेवामा लागेको यी जोडीले अहिले चितवनको रामपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेका छन् ।रंगशाला निर्माण सँगै धुर्मुस सुन्तलीले चलचित्र पनि निर्माण गरेका छन् । रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र “सेन्टी भाइरस” फागुन ०९ महाशिव रात्रीको दिनदेखि देशभर प्रदर्शनमा लाउन लागेको हो । यसै चलचित्रको प्रचारप्रसारमा धुर्मुस सुन्तली मेरी बास्सैमा फेरि जोडिएका हुन् । भिडियो यहाँ छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *